गायक दुर्गा बिसिको "परदेशी छोरा" आमामा समर्पित नयाँ म्युजिक भिडियो सार्वजानिक।

मेरो नाम दुर्गा बिसि २०४४ सालमा बाबा दल बहादुर र आमा भद्रकलीको कोखबाट बाग्लुङ जिल्लाको दमेक गा. बि. स मा  जन्मे भने  हाल स्थानीय घर नवलपरासी दुम्किबास हो सानै देखि गित सङ्गीतमा झुकाब राख्थे बिशेष लोक संगीतमा झुकाब थियो।

म स्कुलको हरेक कार्यक्रममा भाग लिन्थे मलाई मेरा गुरुहरु बलराम सुवेदी ,मोहनलाल कलवारले निकै माया र मलाई अगाडि बढ्नको लागि  प्रेणना दिनु हुन्थ्यो। मैले गाउँ घरमा हुने कार्यक्रममा भाग लिने गर्थे सबैले राम्रो छ अझै अगाडि बढ्न भन्नू हुन्थ्यो।

एस एल सि पास पछि संगीत सिक्ने चाहाना त थियो तर मध्यम परिवारको म संगीत सिक्न पाइन तर पनि मैले हार खाइन मेरो एक जना रामु बि क दाइ हुनुहुन्थ्यो उहाले परासी एफ. एम मा काम गर्नु हुन्थ्यो मलाई एक दिन नबप्रतिभा गायक भनि कार्यक्रममा बोलाउनु भो जुन कार्यक्रम सुनेर सुशान्त घिमिरे ज्यु मलाइ कार्यक्रम सकिदा साथ भेट्न आउनु भो र हामी मिलेर एल्बम निकालौ भन्ने कुरा गर्नु भो खुशी लाग्यो त्यस पछि हामी  बलराम सुवेदी सर ले लेख्नु भएको दाउन्ने कि नानी एल्बम  रेकर्ड गर्न भनी काठमाडौ गयौ तर हामिले सोचे जस्तो नहुदो रहिछ मैले अग्रज दाइ हरु लाई गित सुनाए तर यस्तो गित चल्दैन खर्च नगर्नु भन्नू भो त्यस पछि निरास भएर हामी फर्कियौ।

गायक बन्ने सपना बोकेर  हिडेको पहिलो गाँस मै ढुङ्गा लाग्यो। बिस्तारै समय बित्दै गयो फेरि मैले एउटा गित लेखे "फोन गरन काली:- तिम्रै याद मा बसि रहन्छु खाली मोबाइल पैसा छैन मेरो त फोन गरन काली "र "बिछोडको दिन गन्दै छु रच्यौ नाटक प्रेममा तिमिले त्यही नाटकको पात्र बन्दै छु" भन्ने  सुशान्त सर लाई सुनाए मन पराउनु भो फेरि रेकर्ड गर्न काठमाडौ गयौं  मेरो आवाज राम्रो भएता पनि गित चल्नलाई चर्चित कलाकार राख्नु पर्छ भन्ने कुरा भयो त्यस पछि पहिलो गित  खुमन अधिकारी , देबि घर्ती र  दोस्रो गित कुलेन्द्र बि क र मुना थापालाइ राखेर रेकर्ड गरियो त्यस पछि हामि धेरै दिन काठमाडौ बस्न सकेनौ घर फर्कियौ दुबै जना त्यस पछि लगानी निकै लाग्नी र गित बजारमा आएर नि लगानी उठाउन नसक्ने भए पछि गित बजारमा  ल्याउने सकिएन पछि  बुझ्दा त्यो गित रेकर्डिङ्ग स्टुडियोमा नभएको कुरा गर्नु भो पैसा निकै खर्च भएको थियो दुई वटा गितमा तर गित स्टुडियो बाटै हराएको हुदा निकै दु ख लाग्यो। त्यस पछि म परदेश (इजरायल )तिर लागे  प्रदेशमा रहेर पनि लोक संगीतमा आफ्नो निकै  सक्रियता देखाए। इजरायलमा भएको हरेक कार्यक्रममा गित गाउन जान्थे।

कार्यक्रममा जादा सबैको हौसलाले गर्दा एउटा गित बनाए। "फेर्ने रहर टिनको छानो लागे परदेश जुटाउन एक मानो अब बिदेश कहिले आउदिन जस्ले सन्सार देखाए उनैलाइ देख्न बरु पाउछु पाउदिन "भन्नी अनि  गित त बनाए तर कसरी एरेन्ज गर्ने कहाँ रेकर्ड गर्ने भन्ने भयो, एक दिन बरिस्ठ सर्जक एकनारायण भन्डारी दाइ लाई फेसबूक बाट मेसेज गरे उहाँ ले रिप्लाइ दिनु भो  मेरो कुरा स्विकार्नु भयो  हुन्छ म लय र एरेन्ज गर्छु भन्नू भो र मैले यो गित "परदेशी छोरो "इजरायल मै रेशम क्षेत्री दाइ र नबगायिका किशु गुरुङ्गको सहयोगमा रेकर्ड गराए जुन गित मा लय वरिष्ठ संगीतकार तथा सर्जक एकनारायण भण्डारीको रहेको छ भने सब्द दुर्गा बि सि र आवाज लोक दोहोरी क्षेत्रकि एक तारा बिमा कुमारी दुरा र दुर्गा बि सि को रहेको छ।

पछिल्लो समयमा परदेशी गितहरु  बजारमा निकै आए पनि यो "परदेशी छोरो" नामक गित अरु भन्दा फरक रहेको छ  जहाँ एउटा परदेशी छोरो र आमा बिचको सम्बातलाई दोहोरी मार्फत प्रस्तुत गरिएको छ, जसमा आमा भन्छिन "भन्छौ छोरा केही साल आउदिन मेरो बाबू आँखाको नानी लाई देख्न बरु पाउछु पाउदिन अनि छोरा भन्छन "अब बिदेश कहिले आउदिन, जस्ले संसार देखाए उनैलाई देख्न बरु पाउछु पाउदिन।

निकै मार्मिक शब्द ,स्वर र लय रहेको हुदा  आशा छ दर्सक श्रोताहरुले माया गर्नु हुनेछ। र आगामी।दिनहरुमा परदेश बाट भए पनि निरन्तर गित सङ्गित मा लाग्ने छु। अन्तमा वरिष्ठ सर्जक संगीतकार एकनारायण भण्डारी ज्यु लाई  हृदय देखि धन्यवाद दिन चाहान्छु साथै मलाइ साथ सहयोग गर्नु हुने मेरो परिवार साथी भाइ इष्टमित्र , गुरुहरु, सन्चार माध्यम सबैलाइ धन्यवाद दिन चाहान्छु। जय गित जय संगीत

भिडियो हेर्नुहोस

Comments