किशु गुरुङ अब भने आफ्नो गीति एल्बम "मै राम्री" लिएर सम्पूर्ण दर्शक श्रोतामाझ आउदैछिन।

बैशाक्ग १६, विनोद विनिर्जारा राई :- काठमाण्डौ
"मै राम्री" एल्बमको तयारी। कभर गीत बाट चर्चामा आएकी किशु गुरुङ अब भने आफ्नो गीति एल्बम लिएर सम्पूर्ण दर्शक श्रोतामाझ आउदैछ। कभर गीत त सबैले गाउछन तर सबै सफल भने हुन सकेका छैनन, र सबै असफल पनि हुदैनन, कभर गीत गाएर आफ्नो पहिचान र एउटा कुशल कलाकार भएका पनि धेरै छन।

तेसै मध्य एक सफल बनेकी हुन किशु गुरुङ पनि। जब उनी हाम्रो प्रतिभामा आबद्ध भइन उनको चर्चा र सफलताले शिखर चुम्दै गयो। हाम्रो प्रतिभामा अहिले पनि कार्यक्रम चली रहेको छ, जसको उदेश्य ओझेलमा परेका कलाकारहरुलाई हौसला र देशको आवाज बनाउन भ्वाइस अफ द डे, भ्वाइस अफ द मन्थ र भ्वाइस अफ द येयर संचालन गरेका थिए।

अहिले भ्वाइस अफ द मन्थ पनि अन्तिम चरणमा पुगेको छ र छिट्टै भ्वाइस अफ द येयर पनि संचालन हुने तयारीमा छ। जसबाट उत्कृष्ट १० जना छानिने छ तिनै भ्वाइस अफ द डे, र भ्वाइस अफ द मन्थ जीत हासिल गर्दै भ्वाइस अफ द येयरमा प्रवेश गरेकी हुन किशु गुरुङ पनि, यतिबेला उनलाई माया गरेर साथ दिने उनका फेसबुक पेजमा ६०,००० भन्दा धेरै फ्यान छन।

"मै राम्री" एल्बमको तयारीमा रहेको सबै गीतहरु रेकर्डिङ्ग भै सकेको छ र अहिले भिडियोको सम्पादन भै रहेको जानकारी नव गायिका किशु गुरुङले जानकारी दिनु भयो। एल्बममा रहेको गीत "जाले रुमाल मेरो" को पोस्टर पनि "हाम्रो प्रतिभा"ले सर्वजानिक गरी सकेको छ।

यस गीतमा संगीत गायक/संगीतकार रवी लामाले गरेका छन भने शब्द कोशी किनारेको रहेको छ। उक्त गीतमा बुद्ध सायमीको एरेन्ज रहेको छ भने केही दिन पस्चात यस गीतलाई हाम्रो प्रतिभाले बजारमा ल्याउदै छ।

Comments